लालीगुराँसका बचतकर्तासँग अनलाइनबाट आवेदन माग

लालीगुराँसका बचतकर्तासँग अनलाइनबाट आवेदन माग
सुन्नुहोस्

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले अनलाइनबाट बचत रकम मागदाबी गर्न पाउने भएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लालीगुराँसका बचतकर्तासँग अनलाइन मागदाबी आवेदन मागेको हो ।

आगामी ३५ दिनभित्र सप्रमाण दाबी पेश गर्न कार्यालयले आह्वान गरेको छ । त्यसका लागि समितिको वेबसाइटमा गई आफूले पाउनुपर्ने रकम खुलाएर आवेदन दिनुपर्ने कार्यालयको सूचनामा उल्लेख छ ।
 
‘लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समितिसमक्ष लेखी आएकोले सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनुपर्ने रकमको यस समितिको वेबसाइटमा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्न अनुरोध छ', सूचनामा भनिएको छ ।

मन्त्रालयले गत फागुन २९ गते सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम लालीगुराँसलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

टिप्पणीहरू