काँग्रेसका दुई विभागमा सदस्य थपिए

काँग्रेसका दुई विभागमा सदस्य थपिए
सुन्नुहोस्

नेपाली काँग्रेससम्बद्ध सहकारी विभाग र आदिवासी जनजाति विभागमा सदस्य थपिएका छन् । 

आज सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभाग र दिलमान पाख्रिन नेतृत्वको जनजाति विभागमा १०–१० जना सदस्य मनोनित गर्नुभएको हो । 

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उनीहरुलाई सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

सहकारी विभागमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाल रहेका छन् । 

त्यस्तै, जनजाति विभागमा नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ्ग, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्देम्बे, सलामसिंह तामाङ्ग, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङ्ग थपिएका छन् ।

टिप्पणीहरू