जातीय राज्यका पक्षधर लिम्बू रास्वपाबाट उम्मेदवार

जातीय राज्यका पक्षधर लिम्बू रास्वपाबाट उम्मेदवार

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनमा भिड्न पहिचान पक्षधर मिलन लिम्बूलाई अघि सारेको छ ।

नेकपा माओवादी केन्द्र छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बूलाई हिजो पार्टीमा भित्र्याएर रास्वपाले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । प्राइमरी इलेक्सनका लागि निवेदन दिएका पाँच जनालाई पछि पार्दै टिकट हात पार्न सफल भएका उनी रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी हुन् ।  

रवि न्युज २४ मा हुँदा लिम्बू सोही टेलिभिजनमा पत्रकार थिए । माओवादीनिकट प्रेस सेन्टरमा समेत रहेका उनी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव पनि हुन् । 

पूर्वका जातिवादी संघ संगठनहरुले कोशी प्रदेश नामांकरणविरुद्ध गरेको आन्दोलनमा समर्थन जनाउँदै आएका लिम्बू संघीयताको समेत विपक्षमा रहँदै आएको पार्टीबाट उम्मेदवार बनेपछि घन्टीका समर्थकसँगै पहिचानवादीहरु पनि अचम्ममा परेका छन् ।

टिप्पणीहरू