गृहमन्त्रीको छड्केअघि एयरपोर्टमा बैठक

गृहमन्त्रीको छड्केअघि एयरपोर्टमा बैठक
सुन्नुहोस्

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा तथा आन्तरिक व्यवस्थापनबारे छलफल गर्न सरोकारवाला सरकारी निकायहरुको संयुक्त बैठक बसेको छ । 

आज दिउँसो विमानस्थलको बैठक कक्षमा अध्यागमन बिभागका महानिर्देशक कोषहरि निरौलाको अध्यक्षतामा बैठक बसेको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, प्रहरी बरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, सह-अनुसन्धान निर्देशक पप्पु शर्मा पौडेललगायत बैठकमा सहभागी थिए ।   

आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थल परिसरको निरीक्षण गर्न लागेको सन्दर्भमा सुझाव संकलन गर्न बैठक बसेको जनाइएको छ ।
 

टिप्पणीहरू