पैसाका लागि अनिलले श्रीमती छप्काए

पैसाका लागि अनिलले श्रीमती छप्काए

बाँकेमा श्रीमती हत्याको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

कोहलपुर नगरपालिका-१४ का २२ बर्षीय अनिल विकलाई प्रहरीले कर्तव्य ज्यान कसूरमा समातेको हो । प्रहरीका अनुसार उनले श्रीमती २१ वर्षीय शुसिला सुनारलाई हिजोराती धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । 

श्रीमतीलाई छप्काएर गम्भीर घाइते बनाएका अनिलले आफै आस्पताल पुर्याएका थिए । तर, अस्पताल पुर्याएलगत्तै शुसिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँकेका डीएसपी नारायण डाँगीका अनुसार शुसिलाले लुकाएर राखेको पैसा अनिलले खर्च गरिदिएपछि श्रीमान्-श्रीमतीबीच विवाद सुरु भएको थियो । विवादले उग्ररुप लिएपछि घटना भएको प्रहरीको अनुमान छ । 

कोहलपुर-१४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा मजदुरी गर्ने अनिललाई गएराती अस्पताल परिसरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू