विदेशमा बस्ने माओवादी निकट पत्रकारहरु संगठित, हरि नेपाली अध्यक्ष

विदेशमा बस्ने माओवादी निकट पत्रकारहरु संगठित, हरि नेपाली अध्यक्ष

सत्तारुढ नेकपा माओवादी केन्द्रको पत्रकार संगठन प्रेस सेन्टरले प्रवास समिति गठन गरेको छ । विदेशमा रहेर पत्रकारिता गर्दै आएका माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको गत शनिबार सम्पन्न भर्चुअल भेलाले प्रवाश कमिटी गठन गरेको हो । 

भेलाले दुबइबाट पत्रकारिता गर्ने हरि नेपालीको अध्यक्षतामा ९ सदस्सीय पदाधिकारीसहित ५९ जनाको कार्यसमितिको चयन गरेको बताइएको छ । जसमा बरिष्ठ उपाध्यक्ष केजिन राई (युरोप), उपाध्यक्ष तिलक मल्ल (जापान), उपाध्यक्ष मनु श्रेष्ठ (भारत), महासचिव दिपक जिसी (भारत), सचिव दिल निशानी मगर (ओशियाना), सचिव मेघराज सापकोटा (पश्चिम एसिया), सचिव शान्ति बुढा (भारत) र कोषाध्यक्ष महेश कुमार खाती (अमेरिकाज्) निर्वाचित भएका छन् । 

त्यस्तै, अर्जुन दयाल, रमेश खड्का, नारायण बिष्ट, दिपक पुन मगर, नारायण विक, अटल परियार, ललिता मलाति, बेल बहादुर पुन, चन्द्र मोहरा, गणेश बुढा, कमल राउत, महेन्द्र खाडु, उषा बुचा मगर, दीपक विक, प्रयागराज भट्ट, लक्ष्मण खनाल, सन्तोष क्षेत्री, पुर्ण बिक, चन्द्र गोतामे सदस्य चुनिएका छन् । 

अन्य सदस्यहरुमा युवराज कार्की, निमेष गिरी, प्रेम परियार , छेसाङ लोप्चन असिम, युवराज फुयाल, रबिचन्द्र भट्टराई, सरिता शर्मा, बिमला लिम्बु, इन्दिरा चाम्लिंग, कृष्ण तिवारी, बिनोद अधिकारी, कर्मा पहाडी शेर्पा, मनिष तमु , सन्दिप सुनार, विनोद ढकाल, जिपी लामिछाने, अर्जुन लामिछाने, दुर्गा गुरुङ मिलन, कृष्ण प्रसाद नेपाल, तारा मिलन छन्त्याल, बाबुराम सापकोटा र प्रतिक सिग्देल रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष नेपालीका अनुसार भेलालाई माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, महासचिव सन्तोष पौडेल, सचिव सुनिल खड्कालगायतले सम्बोधन गरेका थिए ।

टिप्पणीहरू