कृष्णपुरमा पनि प्लास्टिकका फूलमाला बर्जित

कृष्णपुरमा पनि प्लास्टिकका फूलमाला बर्जित

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्लास्टिकजन्य पदार्थबाट बनेका फूलमालाको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । 

नगरपालिकाले तिहारको समयमा स्थानीय तथा प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले नगरपालिकाको हिजो बसेको बैठकले स्थानीय मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका फूलमालाको बिक्रीवितरणमा रोक लगाएको बताए । 

यसले फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला प्राप्त हुनुका साथै कृषकलाई बजारको अभाव नहुने पालिकाको विश्वास छ । 

नगरपालिकाले सूचनाको उल्लंघन गरी प्लास्टिकबाट निर्मित फूलमाला बिक्रीवितरण गरिएको पाइएमा जफत गरी नियमानुसार आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

तिहार नजिकिएसँगै देशका विभिन्न स्थानीय तहहरुले प्लास्टिकका फूलमाला किनबेचमा रोक लगाइरहेका छन् ।

टिप्पणीहरू