पक्राउ

ब्राउनसुगर लिएर हिँडेका भारतीय मोरङमा पक्राउ

मोरङ प्रहरीले लागूऔषधसहित एक भारतीय नागरिकलाई समातेको छ । भारतको अररिया मज्ररक पञ्चायत–२ बौकामज्रकका ७० वर्षीय भल्लु पासवान ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।  ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेली नगरपालिका–४ चोप्राहबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगरसहित हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।  उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Page 2 of 6