सहयोग जुटाइदिन हारगुहार

कठै बिचरा यी बालकको बिजोग !

कञ्चनपुरको बेदकोट नगरपालिका–७,महुलियाका भीमदत्त पाण्डेयले छोराको उपचारमा आर्थिक सहयोग जुटाइदिन हारगुहार गरेका छन् । राजधानीको कीर्तिपुर बर्न हस्पिटलमा ९ वर्षीय छोरा मनिश पाण्डेयको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका हुन् ।  वैशाख ६ गते घरमा खाना पकाउने क्रममा तातो दाल जीउभरि खस्दा मनिश गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ । तर,आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको बुबा पाण्डेयले बताए ।  …