प्रोलिफिक माध्यमिक विद्यालय

विद्यार्थीको प्रवेशपत्रमा बद्मासी,बोर्डले अघि बढाउला त कारबाही ?

काठमाडौंको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा गोलमाल गरेको पाइएको छ । यस वर्ष १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा १२ कक्षा उत्तीर्ण भइसकेका विद्यार्थीको फोटो टाँसेर प्रिन्सिपल गोपालबहादुर महतले राष्ट्रिय परीक्षा बोर्ड पठाएको खुलेको हो ।  भोलिदेखि सञ्चालन हुन लागेको परीक्षामा आफ्नो भाइसहित अन्य धेरै विद्यार्थी अनुत्तीर्ण हुने भएपछि उनले नक्कली विद्यार्थी खडा गरेको आरोप छ । स्रोतका अनुसार उक्त विद्यालयले विगतदे…