हात्तीका छावा उपहार

कतारका अमिरसँगै खगेन्द्रप्रसाद र रुद्रकली पनि कतार जाने

नेपाल सरकारले पहिलो पटक विदेशलाई हात्ती उपहार दिन लागेको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपाल भ्रमणको क्रममा हात्तीका छावा उपहार दिन आवश्यक तयारी गरिएको छ ।  उपहारको रुपमा चार वर्ष चार महिनाका भाले छावा खगेन्द्रप्रसाद र पाँच वर्षीया पोथी छावा रुद्रकलीलाई कतार पठाउन लागिएको हो । यी दुवै छावा चितवनको सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा हुर्किरहेका छन् । "सरकारले हात्तीका छावासँगै उनीहर…