साडीको पासोमा भोजपुरी अभिनेत्री

साडीको पासोमा भोजपुरी अभिनेत्री

भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री अमृता पाण्डेको शव भेटिएको छ । भारतको बिहार राज्यको भागलपुरको आदमपुरस्थित दिव्यधाम अपार्टमेन्टको १०४ नम्बर फ्ल्याटमा गएराति उनी पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । 

छेउको फ्ल्याटमा बस्ने अन्य केही व्यक्तिले अमृतालाई साडीमा झुन्डिएको देखेपछि तत्काल अस्पताल पुर्याएका थिए । तर अस्पतालमा चिकित्सकहरुले तत्काल मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घटना हुनुअघि मात्रै उनले सामाजिक सञ्जालमा केही रिल र स्टाटस लेखेकी थिइन् । उनले केही समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । घटनास्थल र घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताइन्छ । 

भागलपुरका एसपी श्री राजका अनुसार अमृताले आत्महत्या गरेको भए पनि किन गरिन् ? भन्नेबारे रहस्य अझै खुलेको छैन । उनले भनेका छन्, ‘घटनाअघि उनले स्टाटस लेख्नु, श्रीमान घर फर्किए पनि उनी यतै रोकिनुले यसलाई समान्य रुपमा लिन सकिँदैन । हामीले गम्भीर तरिकाले अनुसन्धान गर्दैछौं ।’ 

स्मरणरहोस्, अमृताले सन् २०२२ मा चन्द्रमणि झाङ्देसँग बिहे गरेकी थिइन् । उनीहरु लामो समयदेखि मुम्बइमा बस्दै आएका थिए । अप्रिल १२ मा अमृता श्रीमानसहित जेठी दिदी वीणा पाण्डेको बिहेमा सहभागी हुन भागलपुर आएकी थिइन् । तर अप्रिल १८ मा बिहे सकिएपछि श्रीमान् मुम्बई फर्किए पनि अमृता भागलपुरमै रोकिइन् ।

टिप्पणीहरू