इलाम उपनिर्वाचन : मतपरिणाम (अपडेट)

इलाम उपनिर्वाचन : मतपरिणाम (अपडेट)
सुन्नुहोस्

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं १, २ र ३ को मतगणना सकिएको छ । तीन वडाको चार हजार ३२ मतगणना सकिएको जानकारी दिइएको छ । 

हालसम्म नेपाली काँग्रेसका डम्बर खड्काले १६५८ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङले पनि खड्कासँगको मतान्तर घटाउँदै लगेका छन् । उनले हालसम्म १६३० मत पाएका छन् । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले ३७० मत पाउँदा चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ३०८ मत पाएका छन् ।

अहिले वडा नम्बर ४ र ५ को मतगणना सुरु भएको छ ।

टिप्पणीहरू