इलाममा रुखको अग्रतासँगै घण्टी चौथो, बझाङमा एमाले अगाडि माओवादी पछाडि

इलाममा रुखको अग्रतासँगै घण्टी चौथो, बझाङमा एमाले अगाडि माओवादी पछाडि
सुन्नुहोस्

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

फाकफोकथुम–१ को गणना सकिँदा नेपाली काँग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । पहिचानवादीका साझा उम्मेदवार डकेन्द्र थेगिमले १८७ र रास्वपाका मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

उता बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा भएको उपनिर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अगाडि देखिएको छ । एमालेका उम्मेदवारले १५७ मत ल्याउँदा नेपाली काँग्रेसले १३२, नेकपा एकीकृत समाजवादी ५१ र माओवादीले ४७ मत प्राप्त गरेको बताइएको छ ।

टिप्पणीहरू