काँग्रेस नेता अफताव आलमलाई जन्मकैदको सजायँ

काँग्रेस नेता अफताव आलमलाई जन्मकैदको सजायँ
सुन्नुहोस्

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आज रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैद (२० वर्ष) को सजायँ सुनाएको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई बिस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो । जन्मकैदको सजायँ पाउनेमा अफतावसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी हुन् ।

पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राजपुर नगरपालिकाको फरदवा गाउँमा बम बिस्फोट गराई प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा चारै जनाविरुद्ध ०७६ कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । 

उक्त मुद्दामा ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा छन् ।

टिप्पणीहरू