आइपुगे कतारी अमिर, स्वागतसँगै २१ तोपको सलामी

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गर्नुभएको छ ।

नेपाली सेनाले २१ तोपको सलामी दिइएको छ । राजा थानीसँग राष्ट्रपति पौडेलको औपचारिक भेटवार्ता केही समयपछि राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ ।

आजै साँझ होटल सोल्टीमा राजकीय रात्रिभोजको आयोजना गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अमिरसँग आजै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सो क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमण सकाएर भोलि स्वदेश फर्कने अमिरलाई दुईवटा हात्ती उपहार दिईंदैछ ।

अमिर थानीको प्रतिनिधिमण्डल कल साइन क्युएएफ ६ विशेष विमानमा बंगलादेशको राजधानी ढाकाबाट साढे ३ बजे काठमाडौं आइपुगेको हो । प्रतिनिधिमण्डलमा ३८ जना र चालक दलका सदस्य १९ जना छन् । विशेष विमानसँगै अर्को दुई वटा विमान पनि काठमाडौं आएको बताइएको छ ।

टिप्पणीहरू