मान्यज्यू सिमानामा पढेर सोझै मास्तिर

मान्यज्यू सिमानामा पढेर सोझै मास्तिर
सुन्नुहोस्

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले पाँचथरको च्याङथापुमा कक्षा ८ सम्मको अध्ययन गरे पनि राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्णको कागजात प्रयोग गरेको आरोप छ । उनी एमाले अध्यक्ष केपी ओली शर्माको रोजाइअनुसार कांग्रेसको कार्यकर्ता भए पनि महिला आयोगमा छिन् ।

कृष्णकुमारीले वीरगञ्ज नाका हुँदै स्कूल लिभिङ सर्टिफिकेट ल्याएर काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएको खुल्न आएको छ । यिनै बुढाथोकीले अमेरिका जान पेश गरेको कागजातमा राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको रेकर्ड फेला परेको छ । एकताका पाँचथरका तत्कालीन प्रजिअ रत्नकाजी बज्राचार्य, कांग्रेस नेता सुरेन्द्रकुमार दाहाल, पूर्वगृहराज्यमन्त्री दिपकप्रकाश बाँस्कोटा र तत्कालीन क्याम्पस प्रमुख गोविन्द गुरागार्इंको सहयोगमा महिला स्वरोजगार कार्यक्रमको प्रमुख भइन् ।

माननीय खतिवडाको प्रमाणपत्रबारे अख्तियारमा निवेदन परिसकेको छ । एमालेमा महिला नेत्रीहरू नभएर अध्यक्ष केपी बाले खतिवडालाई अवसर दिएको हो र ! कतिपयको जिज्ञाशा छ ।

– फूलकुमार तामाङ

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू