गस्तीमा गएका प्रहरीको पेस्तोल गायब

गस्तीमा गएका प्रहरीको पेस्तोल गायब

लागूऔषध नियन्त्रणका लागि गस्तीमा खटिएका एक प्रहरीको गोलीसहितको पेस्तोल हराएको छ । बाराको इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हिजो हराएको हो ।

लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरीको टोली मध्यराति अपरेशनमा निस्केको थियो । सोही क्रममा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए । 

उनले जनआस्थासँग भने, 'हिजोराति लागुऔषध कारोबार भइरहेको थाहा पाएपछि हाम्रो टोली अपरेशनमा निस्केको थियो । त्यतिबेला कतै खस्यो होला । अहिले खोजिरहेका छौ, भेटिएको छैन ।' एसपी खड्काका अनुसार उक्त पेस्तोलमा गोली लोड गरिएको थियो । 

सो क्रमममा प्रहरी गाँजा ओसारपोसार गर्ने केही मान्छे पक्राउ समेत गरेको छ ।
 

टिप्पणीहरू