नागार्जुनको फेद र टुप्पोमा भक्तजनको घुईंचो
बालाजुस्थित बाइसधारामा बिहानदेखि भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्छ ।
आजदेखि बालाजु बाइसधारामा पाँच दिने ल्हुति पुन्हिे मेला लागेको हो । आज बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वासका कारण पनि भक्तजनको घुईंचो लागेको बताइन्छ ।
तामाङ समुदायले आजको दिन बाइसधाराको जल स्वयम्भूमा चढाउँदा पूण्य प्राप्त प्राप्त हुने विश्वास राख्छन् । नागार्जुन डाँडाको टुप्पोमा रहेको जामाचोमा पनि आजै मेला लाग्छ ।
टिप्पणीहरू