अमेरिकाबाट आउँदै गरेका नेपाली यात्रुले आकाशमै महिलामाथि याैन दुर्व्यवहार गरेपछि...

अमेरिकाबाट आउँदै गरेका नेपाली यात्रुले आकाशमै महिलामाथि याैन दुर्व्यवहार गरेपछि...
सुन्नुहोस्

दोहाबाट काठमाडौं आएको कतार एअरवेजको उडानमा एक जना पुरुष यात्रुले महिला यात्रु र चालक दलका महिला सदस्यमाथि दुर्व्यवहार गरेका छन् । गत बिहीबारको उडान नम्बर क्युआर ६४६ विमानमा अमेरिकाबाट आएका कृष्णप्रसाद कँडेलले अमेरिकाबाटै आएकी महिला यात्रुमाथि दुर्व्यवहार गरेको प्रहरी रिपोर्ट छ ।

अमेरिकी राहदानी नम्बर ६६४४१२९११ वाहक कँडेलले सँगैको सिटमा बसेकी महिलामाथि रक्सीले मातेर अश्लिल शब्द बोल्दै शरीरमा हात लगेको कतार एअरवेज ब्यवस्थापनले हालेको उजुरमा उल्लेख छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सोही दिन लेखेको पत्रमा यी सारा व्यहोरा खुलाइएको छ । कँडेलको सिट नम्बर ३५ जी थियो भने महिलाको ३५ ई ।

"अति भएपछि विमानका क्याप्टेनले टावरमा खबर गरेको र विमान अवतरणलगत्तै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको बिमानस्थलका महाप्रबन्धक निरौलाले बताए ।"

उनै महिला यात्रीको गुनासोपछि चालक दलका सदस्यले अर्को सिटमा सारे पनि कँडेलले अश्लिल शब्द बोल्न छाडेनन् । विमान अवतरण क्रममा शौचालय छिर्न खोज्दा एअर होस्टेसलाई पनि हातले छोएर दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । अति भएपछि विमानका क्याप्टेनले टावरमा खबर गरेको र विमान अवतरणलगत्तै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको बिमानस्थलका महाप्रबन्धक निरौलाले बताए । विमान अवतरणपछि दुर्व्यवहार भोगेकी महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दा आफ्नो परिचय खुल्ने र सामाजिक रुपमा अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले नमानेको कतार एअरवेजको भनाई छ । 

तर,चालक दलका सदस्यमाथि भएको दुर्व्यहारबारे क्याप्टेनको तर्फबाट कतार एअरवेजका अर्पन दवाडीले लिखित उजुरी हाल्दै कँडेलमाथि आवश्यक कारबाहीको माग गरेका छन् । उनीमाथि कतारको नागरिक उड्डयनसम्बन्धी कानुनको दफा १०५ को उपदफा १, २ र ३ उल्लंघन गरेको आरोप लगाइएको छ । जसमा उडानसम्बन्धी नियम पालना नगरेको,चालक दलका सदस्य र यात्रुमाथि गलत कार्यसँगै यौन दुर्व्यवहार गरेको भन्ने उल्लेख छ ।

महिला यात्रुले कतार एअरवेजले लगाएको चार्जसिटमा भने दस्तखत गरेकी छन् । उनीसँगै उडान कमाण्डर राम संघेराले पनि त्यसमा हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू