यतिसम्म गरे गृहमन्त्रीका पीएले

यतिसम्म गरे गृहमन्त्रीका पीएले
सुन्नुहोस्

नेपाल प्रहरीको डिएसपी बढुवामा कतिसम्म चलखेल भयो भन्ने कुरा एकजनाले गरेको व्यवहारबाट पुष्टि हुन्छ ।

काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले दुःख दिएको रसुदूर पश्चिमका प्रहरीले बाँच्न पनि धौ–धौ परेको भन्दै इन्स्पेक्टर योगेन्द्र तिमिल्सेना (उपाध्याय) गृह मन्त्रालय पुगेका थिए । त्यहाँ सुदूरकै दीपक बोहोरा मन्त्रीको स्वकीय सचिव छन् । योगेन्द्रलाई आफ्नो कुरा राख्न भनी त्यहाँ पठाउने र ‘न्याय दिन’ सिफारिस गर्ने अरु नै थिए । तर, ज–जसले जे–जे भने पनि दीपकको पञ्जामा परिसकेपछि उनले ‘कोर टिम’ नरिझाई सुख पाएनन् । उनी डिएसपीमा बढुवा माग्दै चैत २१ गते गृह पुगेका थिए ।

कम्प्युटरमा ४३७६१९ संकेत नम्बर भएका योगेन्द्रले आफू संयुक्त राष्ट्रसंघको मिशनका लागि सुडानमा रहेको बताएका थिए । उनको भनाइ थियो, ‘जे जति खर्च लाग्छ, दिन्छु । तर, मलाई बढुवा चाहियो ।’ आफ्नो बढुवामात्रै हैन, भुपेन्द्रलाई त डिजाइजी बनाउन पनि नहुने उनको माग थियो । उनले भूपेन्द्रको सट्टा आफ्ना दाइ विश्व अधिकारीलाई डिआइजी बनाउन सिफारिस गरेका थिए । 

सुदूरपश्चिमको जिल्लादेखि केन्द्रसम्मका सबै नेताको घर–घर धाएका योगेन्द्रलाई बढुवा दिन सबैले बोहरालाई लगातार फोन गरे । फलतः ४८ नम्बरमा रहेका उनी १० नम्बरमा बढुवा भए । त्यसपछि उनको सक्रियता देखेर सुदूरपश्चिमकै नेताहरु छक्क परेका छन् । कसैको फोन उठाएनन् । र, भन्न थालेका छन्, ‘दीपक बोहोरालाई पैसा बुझाएर बढुवा भएको हुँ, तिनीहरुले भनेर होइन ।’ उनले युएन मिशनमा कमाएको डलर र टीकापुरको घरबाट आएको बैना काम लाग्यो भन्ने गरेका छन् । सुदूरपश्चिमकाले सोधे आफ्नो घर अछाम, अरुले सोधे ललितपुर भन्ने गर्दछन् । बढुवाको फाइलमा पनि ठेगाना ललितपुर लेखाएका रहेछन् । 

– रञ्जित धमला 
 

टिप्पणीहरू