साउदी अरेबिया पहिलो पटक सुन्दरी प्रतियोगितामा, २७ वर्षीया रुमी पहिलो सुन्दरी

साउदी अरेबिया पहिलो पटक सुन्दरी प्रतियोगितामा, २७ वर्षीया रुमी पहिलो सुन्दरी
सुन्नुहोस्

साउदी अरेबियाकी युवती रुमी अल्कातानीले यो वर्षको मिस युनिभर्समा भाग लिने भएकी छन् । साउदी अरेबियाले यो वर्ष सुन्दरी प्रतियोगिताको इतिहासमा पहिलो पटक भाग लिन लागेको छ ।

यो वर्षको मिस युनिभर्स आगामी सेप्टेम्बर १८ का दिन मेक्सिकोमा हुँदैछ । उक्त प्रतियोगितामा २७ वर्षीया रुमीले मुलुकको तर्फबाट पहिलो पटक भाग लिन लागेको सामाजिक सञ्जालमा जनाइएको छ ।

मुस्लिम महिलाहरुमाथि कडा प्रतिबन्ध कायम रहेको साउदी अरेबियाको पछिल्लो कदमलाई लिएर सर्वत्र चर्चा र चासो बढेको छ । परम्परागत धार्मिक संस्कारमा रमाउँदै आएको उक्त समाजबाट महिलालाई विश्वमञ्चमा क्याट वाक गर्न दिनुलाई धेरैले साउदी अरेबियाको सकारात्मक कदम भनेका छन् ।

टिप्पणीहरू