नयाँ सुन्दरीको खोजी, स्लिम फिगरमा भर्खरकी हुनुपर्ने

नयाँ सुन्दरीको खोजी, स्लिम फिगरमा भर्खरकी हुनुपर्ने

नयाँ ‘मिस नेपाल’ प्रतियोगिताको लागि आवेदन खुला भएको छ । आयोजक ‘दि हिडन ट्रेजर’ले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

सौन्दर्य, फेसन र मोडलिङमा रुची भएका युवतीहरुले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकका लागि केही मापदण्डहरु बनाइएका छन् ।

आवेदक युवतीको उचाई ५ फिट ३ इञ्चभन्दा बढी हुनुपर्नेछ । त्यस्तै उमेरको हकमा १८ वर्ष पुगेको र २७ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदनको लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको लागि पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन हुनेछ । इच्छुक युवतीहरुले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । 

मिस नेपालको फाइनल साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने बताइएको छ ।

टिप्पणीहरू