पलको नाम लिँदै, समीक्षालाई चिढाउँदै

पलको नाम लिँदै, समीक्षालाई चिढाउँदै

गायिका समीक्षा अधिकारीलाई पछिल्लो समय अभिनेता पल शाहको नाम उल्लेख गर्दै चिढाउन थालिएको छ । विभिन्न सार्वजनिक समारोह एवम् कन्सर्टमा दर्शकहरुले पलको नाम लिँदै हुटिङ गर्दा समीक्षाले अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको उदाहरण प्रशस्तै छन् । 

कतिपय कार्यक्रममा त झन् समीक्षाले प्रस्तुती राख्दा राख्दै समेत स्टेज नै छाडेर हिँडेको पाइन्छ । उनको लागि शाहको नाम नै घाँडो बन्दै गएको बताइन्छ ।

हिजो चितवनमा पनि समीक्षाले त्यस्तै नमिठो परिस्थितिको सामना गर्नुपरेको छ । भरतपुरमा आयोजित होली कार्यक्रममा उनको प्रस्तुती भइरहेको थियो । तर दर्शकदीर्घाको अघिल्लो लहरमा बसेका केही दर्शकले पल शाहको नाम लिँदै हुटिङ गरे । सुरुमा समीक्षाले त्यसतर्फ वास्तै गरिनन् । तर दर्शकले लगातार पल शाहको नाम लिँदै चिढ्याएपछि उनले मुख खोलिन् । माइकमै भनिन्,  ‘मेरो गीत मन पर्दैन भने नहेर्नुस्, तर धेरै बढी पनि नहुनुस् है हजुरहरु ।’

उनले यति भनेपछि आयोजकहरुले हुटिङ गरेर चिढ्याउने दर्शकलाई सचेत गराएका थिए । केही दिनअघि पनि समीक्षा दाङमा स्टेजमा नगएर फर्किएकी थिइन् । 

शाहको गृहजिल्ला दाङमा समीक्षाले प्रस्तुती राख्ने दिन ३०÷३५ जना दर्शकहरु मात्र उपस्थित थिए । त्यसैले उनी त्यहाँ नगई फर्किएकी थिइन् ।

टिप्पणीहरू