गायिका एलिना वैशाखमा विवाह गर्दै

गायिका एलिना वैशाखमा विवाह गर्दै

युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानले आगामी वैशाखमा बिहे गर्ने भएकी छिन् । उनले प्रेमी विष्णु सापकोटासँग विहे गर्न लागेको बताइएको छ । यद्यपि, बिहेको मिति भने अझै तय भइनसकेको चौहानको पारिवारिक स्रोतले बताएको छ ।

गत माघमा एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएको थियो । तर एलिनाले ब्रेकअपको खबर मिथ्या भएको जनआस्थालाई बताइन् । त्यतिबेला आफूहरुबीच केही ‘मिस–अन्डरस्ट्यान्डिङ’ भएको तर ब्रेकअप भने नभएको जानकारी दिइन् । भनिन्, ‘केही पत्रकारहरुले अन्दाजको भरमा ब्रेकअपको समाचार फैलाएका थिए । न उस्ले (विष्णु भनेको, न मैले भनेको थिएँ । यत्तिकै आएको हो त्यो समाचार, मेरो बिहे विष्णुसँगै हुन लाग्या हो ।’ 

अहिले परिवारका सदस्यहरु विहेको तयारीमा जुटेको पनि चौहानले बताइन् । आफू कार्यक्रमको लागि चितवन जान लागेको उल्लेख गर्दै भनिन्, ‘अबको केही दिनमा बिहेको मिति पनि पक्का हुन्छ । बिहे वशाखमै हुन्छ ।’ 

प्रेमी विष्णु वाग्लुङ निवासी हुन् भने एलिना झापाकी । विष्णु गीतकार हुन् । उनी हाल अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले ‘मायालु’ नामक एक इन्टरटेन्मेन्ट कम्पनी पनि चलाउँदै आएका छन् । यो कम्पनीले अष्ट्रेलियाका विभिन्न स्थानमा नेपालबाट कलाकारलाई आमन्त्रण गरेर कन्सर्ट आयोजना गर्ने गर्छ । 

गत वर्ष तिजको अवसरमा एलिना कन्सर्टको निम्ति अष्ट्रेलिया पुगेकी थिइन् । सोही बेलादेखि एलिना र विष्णु प्रेममा रहेको बताइन्छ । त्यसयता उनीहरुले सँगै मिलेर केही म्युजिक भिडियोे पनि निर्माण गरिसकेका छन् ।

टिप्पणीहरू