‘सलारः पार्ट–१ सिजफायर’ ले तीन दिनमै कमायो ४०० करोड

‘सलारः पार्ट–१ सिजफायर’ ले तीन दिनमै कमायो ४०० करोड
सुन्नुहोस्

बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘सलारः पार्ट १ सिजफायर’ ले तीन दिनमै ४०० करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी गरेको छ । ‘रेबल स्टार’ को उपाधी पाएका अभिनेता प्रभास स्टारर चलचित्र ‘सलार’ले तीन दिनमै विश्वभरबाट ४०२ करोडको ग्रस कलेक्सन गरेको बताइएको छ ।

फिल्मले पहिलो दिन (शुक्रबार) १७८ करोड कमाएको थियो । त्यस्तै दोस्रो दिन (शनिवार) ११७ करोड र तेस्रो दिन हिजो १०७ करोड संकलन गरेको हो ।  

तेलुगु, हिन्दी, तामिल, मलयालम, कन्नड भाषामा एकैसाथ रिलिज भएको यो चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाससँगै पृथ्वीराज सुकुमारन र श्रुती हसनको मुख्य भूमिका छ । 

त्यस्तै ईश्वरी राव, जगपति बाबू, श्रिया रेड्डी, रामचन्द्र राजु र टिनु आनन्द पनि अर्थपूूर्ण भूमिकामा देखिएका छन् ।

टिप्पणीहरू