हिमपार्क सर्वसाधारणको निम्ति खुल्ला

हिमपार्क सर्वसाधारणको निम्ति खुल्ला
सुन्नुहोस्

चीनको हेइलोङच्याङ प्रान्तको राजधानी हारपिनमा हिउँ मेला लागेको छ । मेला हेर्न विदेशी र स्वदेशी पर्यटक हारपिन शहर पुग्न थालेका छन् ।

मध्य जाडोमा शुरु हुने उक्त मेला सर्वसाधारणको निम्ति औपचारिक रुपमा खुल्ला गरिएको जानकारी दिइएको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यो वर्षको हिउँदमा हिउँमा आकर्षक कलाकारिता देखाउन विश्वका १२ मुलुकका ५० भन्दा बढी कलाकार पनि हारपिन पुगेका छन् । हारपिनलाई हिमसंसारसमेत भनिन्छ । 

चीनको उत्तरी भागमा डिसेम्बर महिनापछि बाक्लो हिउँ पर्छ । आगामी फेब्रुअरीसम्म सो क्षेत्रमा हिउँ जम्ने भएकाले उत्तरपूर्वी क्षेत्रमा हिउँका विभिन्न आकृति बनाइन्छ । 

सन् १९९९ देखि शुरु भएको हारपिनको हिममेला यो वर्ष २५ औं हो । हिउँको आकर्षक आकृतिमा बालिएको रंगीन बत्तिका कारण हिममेलाले हारपिनलाई विश्वमा चिनाउँदै आएको छ ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू