यसरी समेट्यो सिसिटिभीले प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई (भिडियो)

सुन्नुहोस्

चीनको राष्ट्रिय टेलिभिजन सिसिटिभीको चिनियाँ भाषा समाचार च्यानल १३ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई समेटेको छ । हिजो बिहान समकक्षी लि छ्याङसँग भएको भेटवार्ता,द्विपक्षीय छलफललाई उक्त च्यानलले झण्डै तीन मीनेटको समाचारमा समेटेको थियो । 

हिजो साँझ ७ बजे प्रशारित राष्ट्रिय प्रशारणमा प्रधानमन्त्री दाहाल थ्यानमेन स्क्वायर नजिकैको जन कँग्रेस भवनमा बिहान पुगेदेखि मध्यान्हको वार्तासम्मलाई समेटिएको छ । 

त्यसपछि सिरियाका राष्ट्रपतिसँग चिनियाँ प्रधानमन्त्रीले गर्नुभएको भेटवार्तालाई सिसिटिभीले समाचार बनाएको पाइन्छ ।

टिप्पणीहरू