काठमाण्डौमा चिनियाँ सांगीतिक कार्यक्रम

काठमाण्डौमा चिनियाँ सांगीतिक कार्यक्रम
सुन्नुहोस्

चिनियाँ सांगीतिक समूह गोल्डेन बेल स्टार्सले काठमाडौंमा परम्परागत चिनियाँ धुनसहितको सांगीतिक कार्यक्रम प्रस्तुत गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावास र चाइना म्युजिसियन्स एसोसिएसनको प्रायोजनमा भएको उक्त कार्यक्रममा चिनियाँ संगीतकर्मीहरुले नेपाली गीत रेशम फिरिरीलाई पनि धुनमा प्रस्तुत गरेका थिए ।

चीनका आधा दर्जन परम्परागत वाद्ययन्त्रको प्रयोग गरिएको र सैनिक मुख्यालयमा हिजो र अस्ति दुई दिन सम्पन्न उक्त कार्यक्रममा १४ वटा प्रस्तुति थियो । तीमध्ये दुई वटा चिनियाँ गीत र एउटा चिनियाँ अपेरा थिए । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको उद्देश्यबारे चिनियाँ राजदूत छन सोङ्गले जानकारी दिनुभएको थियो । दुई मुलुकबीच हुने गरेको सांस्कृतिक आदानप्रदानको क्रममा काठमाडौंमा चिनियाँ सांगीतिक प्रस्तुति भएको बताइएको छ ।

कार्यक्रम सुचौ चिनियाँ अर्केष्ट्राले संयोजन गरेको हो भने नेपालमा रहेको चाइना कल्चरल सेन्टर,चाइना आर्टस् एण्ड इन्टरटेनमेन्ट ग्रुप लिमिटेड, वल्र्ड कल्चरल नेट र नेपाल चाइना कल्चरल तथा शैक्षिक परिषद्को सहयोगमा भएको हो ।

टिप्पणीहरू