खुनमिङ एक्सपोमा ८५ मुलुकका ३० हजारबढी सहभागिता

खुनमिङ एक्सपोमा ८५ मुलुकका ३० हजारबढी सहभागिता
सुन्नुहोस्

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा सातौं चीन–दक्षिण एसिया एक्सपो शुरु भएको आज तेस्रो दिन हो । पर्सि आइतबारसम्म चल्ने एक्सपोमा व्यवसायी, अतिथि, प्रतिनिधि गरेर ३० हजारभन्दा बढी सहभागिता रहेको बताइएको छ ।

विश्वका ८५ मुलुक तथा क्षेत्र, अन्तर्राष्ट्रिय संघ संस्थाको प्रतिनिधित्व रहेको उक्त कार्यक्रम विशेषगरी दक्षिण एसियासँगको व्यापार र आर्थिक सहयोग आदानप्रदानको निम्ति महत्वपूर्ण आँखीझ्याल बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

३० हजारमध्ये केही भौतिक रुपमा खुनमिङमा उपस्थित भएका छन् भने केही अनलाइनबाट जोडिएका हुन् । एक्सपो उद्घाटनमा नेपालको तर्फबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादवको नेतृत्वमा सरकारी टोली सहभागी भएको हो । व्यवसायी, निजी क्षेत्र र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति छ । 

भिडियो स्रोत : सिन्ह्वा ।

 

टिप्पणीहरू