चीनको प्रख्यात ढुंगे जंगल

चीनको प्रख्यात ढुंगे जंगल

चीनको प्रख्यात ढुंगे जंगल गल भन्ने बितिक्कै ठूला रुख र बोट बिरुव भएको स्थान भन्ने बुझिन्छ । तर, चीनमा रुख र बोट बिरुवाको होइन ढुंगाको प्रख्यात जंगल रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

उत्तर पश्चिम चीनको सिन्च्याङ प्रान्तको थियानशान पहाडी क्षेत्रलाई ढुंगे जंगलको उपमा दिइएको छ । पछिल्लो समय उक्त स्थान प्रख्यात पर्यटकीय क्षेत्र बनेको बताइन्छ । 

पहाडी क्षेत्रको झण्डै नौ किलोमीटर लामो र पाँच किलोमीटर चौंडा क्षेत्रमा ढुंगे जंगल फैलिएको छ । तीमध्ये कुनै कुनै ढुंगा ३० मीटरसम्म अग्ला रहेको देखिन्छ । 

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू