बाढी पसेपछि चिडियाघरका जनावरहरुको उद्धार

बाढी पसेपछि चिडियाघरका जनावरहरुको उद्धार

अहिलेको समय दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकमा झँै चीनमा पनि लगातार वर्षा भइरहेको छ । कतिपय ठाउँमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ ।

चीनको चच्याङ प्रान्तमा वर्षाले ठूलो असर पुर्याएको छ । स्थानीय चिडियाघरमा बाढी पसेपछि १६ वटा जनावर र चराचुरुङ्गीको उद्धार गरिएको बताइएको छ ।

हालै आएको आँधीबेहरीका कारण चिडियाघरमा भीषण बाढी पसेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू