शहरको व्यस्त सडकमा प्रभावकारी बन्दै मोटरसाइकल एम्बुलेन्स

शहरको व्यस्त सडकमा प्रभावकारी बन्दै मोटरसाइकल एम्बुलेन्स

टर्कीका ठूला शहरमा हुने ट्राफिक समस्यालाई ध्यानमा राखेर मोटरसाइकल एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । राजधानी अंकारालगायत शहरमा सर्वसाधारणको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार बिरामीले आफूलाई स्वास्थ्य समस्या भएको खबर गर्ने बितिक्कै तयारी हालतमा रहने मोटरसाइकल एम्बुलेन्समा चिकित्सकको टोली आवश्यक मेडिकल सामाग्री र औषधि बोकेर दौडिन्छन् । यस्तो सुविधा निःशुल्क हुने त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

मोटरसाइकल एम्बुलेन्समा गएको स्वास्थ्य टोलीले बिरामीको अवस्थाबारे जानकारी दिन्छन् । बिरामीको स्वास्थ्य अवस्था जटिल भएको खबर आउने बितिक्कै नजिकैको एम्बुलेन्समा हालेर नजिकैको अस्पताल पुर्याइने गरिएको छ ।

सन् २०१३ बाट शुरु भएको मोटरसाइकल एम्बुलेन्स सेवा टर्कीका विभिन्न ठूला–साना ६० वटा शहरमा उपलब्ध भएको सिन्ह्वाको समाचारमा उल्लेख छ ।

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू