पहिलो पटक राजनीतिक दलको बैठक ‘फेसबुक लाइभ’

पहिलो पटक राजनीतिक दलको बैठक ‘फेसबुक लाइभ’

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक फेसबुकबाट लाइभ गरिएको छ । 

बैठकको प्रारम्भमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए । 

अहिले महामन्त्री गगन थापाले बैठकका एजेण्डा र सांगठनिक प्रस्ताव पेश गरिरहेका छन् ।

टिप्पणीहरू