रुस–युक्रेन

आजको विश्व र आम नागरिकको दायित्व

शक्तिशाली राष्ट्रबीचको शक्ति प्रदर्शनका कारण विश्व शान्ति संकटमा परेको भान हुँदैछ । रुस–युक्रेनबीचको युद्धमा नेटोले देखाएको पक्षधरता, इजरायले गाजामाथि गरेको अमानवीय र हिंस्रक व्यवहार, अफ्रिकन मुलुकले आर्थिक स्वतन्त्रताको निम्ति युरोपियन युनियन र अमेरिकाविरुद्ध चालेका कदम सतहमा देखिने केही कारण हुन् । यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघले युद्ध रोक्न कुनै प्रभावकारी भूमिका निभाउन सकेको छैन । बरु दोस्रो विश्वयुद्धताकाझैं शक्ति राष्ट्रहरूको नेतृत्वमा ध्रुवीकरण हुँदै गइरहेको छ ।…