बिदेशबाट पछि फर्काउने,अहिले सजिलै पठाउने

बिदेशबाट पछि फर्काउने,अहिले सजिलै पठाउने
सुन्नुहोस्

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज (डिपी) अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । 

आज अपराह्न पौने चार बजे त्यहाँ पुगेका उनले सवा चार बजेसम्म विमानस्थलभित्र विभिन्न स्थानको निरीक्षण गरेका हुन् । विमानस्थलको आगमन कक्षबाट अनुगमन शुरु गरेका मन्त्री अर्यालले टिकेट काउन्टर,भन्सार हुँदै प्रस्थान कक्षसम्मको अवलोकन गरेका थिए ।

"विदेशमा रहेका सबै नेपालीलाई स्वदेश फर्काएर जागिर दिने भाषण गर्ने पार्टीबाट मन्त्री बनेका अर्याल वैदेशिक रोजगारीलाई सहज र व्यवस्थित बनाउन प्रयत्नशील रहेको बताइएको छ ।" 

अनुगमनका क्रममा सरोकारवाला निकायका प्रमुखलाई बोलाएर उनले उनले  वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सहजीकरण गर्न निर्देशन दिएको बताइएको छ । साथै,श्रमिकलाई सूचना दिने उद्धेश्यले प्रस्थान र आगमनतर्फ बोर्डको व्यवस्था गर्ने सरकारको तयारीबारे पनि जानकारी गराए ।

विदेशबाट फर्केका श्रमिकहरुको सीप,अनुभव र दक्षता मुलुकका लागि आवश्यक पर्ने जनाउँदै उनले त्यससँग सम्बन्धित सम्पूर्ण विवरण संकलन गरिने बताए । 

विदेशमा रहेका सबै नेपालीलाई स्वदेश फर्काएर जागिर दिने चर्को भाषण गर्ने पार्टीबाट मन्त्री बनेका अर्याल वैदेशिक रोजगारीलाई सहज र व्यवस्थित बनाउन प्रयत्नशील रहेको बताइएको छ । उनी विगतमा आफैँ मेनपावर व्यवसायीका रुपमा समेत क्रियाशील थिए ।

टिप्पणीहरू