जसपा विभाजनको तरंग, माधवपछि रविको बैठक

जसपा विभाजनको तरंग, माधवपछि रविको बैठक

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहान दलको बैठक डाकिएको सांसद मनिष झाले जानकारी दिए । 

आगामी बजेट अधिवेशन र संसदीय कामकारवाहीका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको भनिएको छ । बैठकमा उपचुनावमा पार्टीका उम्मेदवारको लज्जास्पद पराजयको समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । 

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनसँगै नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेको छ । यस्तो बेला संसद्को चौथो ठूलो दल रास्वपाको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

आजै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पनि संसदीय दलको बैठक बसेको छ । बैठकले पार्टी फुटको हल्ला निराधार रहेको ठहर गर्दै जसपा विभाजनमा भूमिका खेल्नेकार्य निन्दनीय भएको निश्कर्ष निकालेको छ । 

वर्तमान सत्ता समीकरणमा रहेका माधव र उपेन्द्रले कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भित्रभित्रै तयारी गरेको र त्यसलाई काउन्टर दिन जसपाका वरिष्ठ नेता अशोक राईले उक्त पार्टी विभाजन गरेको दाबी गरिएको छ । जसपामा आएको फुटसँगै अन्य साना दलसमेत खतरामा परेको चर्चा भइरहेको छ ।

टिप्पणीहरू