गणेशमानलाई जोगाउन विद्यार्थी भेला

गणेशमानलाई जोगाउन  विद्यार्थी भेला

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कमेन्ट गरेको आरोपमा प्रहरीले मर्न बाध्य बनाएको भनिएका युवकको जीवनरक्षाको माग गर्दै केन्द्रीय क्याम्पसका विद्यार्थीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।  

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत जाजरकोटका २७ वर्षीय गणेशमान सिंह ठकुरीलाई गृहमन्त्रीविरुद्ध लेखेकै आधारमा प्रहरीले अनावश्यक टर्चर दिएको र उनी प्राण त्याग्ने स्थितिमा पुगेको जनाउँदै त्रिविका विद्यार्थीहरुले आन्दोलन गर्न लागेका हुन् ।  स्ववियु सभापति श्यामराज ओझाले सिंहको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन साँझ साढे ६ बजे त्रिभुवन विश्वविध्यालयको व्यवस्थापन संकायको भवनअघि उपस्थित हुन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । 

गृहमन्त्री रविलाई फेसबुकमा ‘सहकारी ठग’ भनेर कमेन्ट गर्दा प्रहरीले मर्न बाध्य बनाएको भन्दै अस्पतालको बेडबाट गणेशमानले बोलिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, प्रहरीको साइबर ब्यूरोले भने त्यसमा कुनै सत्यता नरहेको दाबी गरेको छ ।

टिप्पणीहरू