राजधानीका विभिन्न स्थानमा हप्ताभर विद्युत आपूर्तिमा समस्या

राजधानीका विभिन्न स्थानमा हप्ताभर विद्युत आपूर्तिमा समस्या

राजधानीका विभिन्न स्थानमा आजदेखि आगामी शुक्रबारसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आउँदो वैशाख २८ गतेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने बताइएको छ । 

नेपाल विद्युत प्राधिकरणले बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ । जोरपाटी वितरण केन्द्रअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म, तेजविनायक चोकदेखि मानटार चोकसम्म, कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टी मोडदेखि रवि भवनसम्म, छाउनी आर्मी अस्पताल क्षेत्र, कीर्तिपुर वितरण केन्द्रअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बत्ती जानेछ ।  

‘नेपाल विद्युत प्राधिकरण, कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि तपसिल बमोजिमका मितिहरुमा निम्न उल्लिखित फिडरहरु अन्तर्गत विभिन्न स्थानहरुमा बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध गरिन्छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू