ललितपुरको बाफलमा आगलागी, एकैघरका पाँच जना घाइते

ललितपुरको बाफलमा आगलागी, एकैघरका पाँच जना घाइते

ललितपुरको महालक्ष्मी नगरपालिका-१७ बाफलस्थित एक टहरामा आगो लाग्दा पाँच जना घाइते भएका छन् । आज बिहान करिब १० बजेतिर आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका हुन् । 

प्रहरीका अनुसार घाइते हुनेहरुमा सञ्‍जय गिरी, रूपा गिरी, प्रिया गिरी, एलिसा गिरी र नित गिरी छन् । सञ्जय र रुप दम्पती हुन् भने प्रिया, एलिसा र नित उनीहरुका सन्तान हुन् । 

घाइते सबैको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको बताए । पुरानो मोबिल स्टोर गरिएको टहरामा त्यसैबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
 

टिप्पणीहरू