राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त

राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

गत चैत ३० गतेको क्याबिनेट बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी शाक्य नेकपा एमाले विदेश विभाग सदस्य पनि हुन् । 

त्यस्तै, तोयम राया महालेखा परीक्षकमा नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा (२) बमोजिम राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्नुभएको हो । 

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले नेपाल सरकारको सचिवबाट राजीनामा गराएर रायालाई रिक्त महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

टंकमणि शर्मा अवकाश भएको झण्डै दश महिनापछि महालेखा परीक्षक नियुक्त गरिएको हो ।

टिप्पणीहरू