खेतमा गहुँ काट्दै विप्लव

खेतमा गहुँ काट्दै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गहुँ काट्न ललितपुरको हरिसिद्धि पुगेका छन् । 

१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनी पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा गहुँ काट्न गएका हुन् । खेतमा गहुँ काट्दै विप्लवले कार्यकर्ता र सर्वसाधारणलाई श्रमिक दिवसको शुभकामना दिएका थिए । 

त्यसक्रममा उनले श्रमिक र पूँजीपति वर्गबीच अझै पनि गहिरो खाडल रहेको उल्लेख गर्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए । 

विप्लव पछिल्लो समय कृषि कर्ममा व्यस्त गरेका छन् । गत फागुन २५ गते उनी स्याउ रोप्न जुम्ला पुगेका थिए । त्यहाँ उनले दश हजार स्याउको बोट रोपेका थिए ।
 

टिप्पणीहरू