केपी ओली नपुग्दै भृकुटीमण्डपको बगैँचामा बृहत कार्यक्रम शुरु

केपी ओली नपुग्दै भृकुटीमण्डपको बगैँचामा बृहत कार्यक्रम शुरु

अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा बृहत कार्यक्रम आयोजना गरेको छ । 

'लोकतन्त्रको स्थायित्व र सामाजिक न्यायका लागि ट्रेड युनियन अधिकार' भने मूल नारासहित भृकुटीमण्डपस्थित बगैचामा कार्यक्रम गरिएको हो । दिउँसो साढे १ बजेबाट शुरु भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरु सहभागी छन् । 

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका प्रधानमन्त्री भर्खरै कार्यक्रमस्थल पुग्नुभएको छ भने विशिष्ट अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगिसक्नुभएको छैन । 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत सिकेलगायत पनि विशिष्ट अतिथिका रुपमा निम्त्याइएका छन् । 

त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, सिएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल, एफएनसिसिआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आईएलओका नेपाल निर्देशक नुमन ओज्कान पनि कार्यक्रममा उपस्थित छन् ।
 

टिप्पणीहरू