हङकङबारे अनर्गल प्रचार नगर्न बेलायतलाई चीनको सुझाव

हङकङबारे अनर्गल प्रचार नगर्न बेलायतलाई चीनको सुझाव

चीनले हङकङ मामिलामा हस्तक्षेप नगर्न,चीनको राष्ट्रिय सुरक्षालाई कमजोर पार्न खोज्ने अपराधी एवम् दंगा फैलाउन खोज्नेहरूलाई सहयोग र शरण दिने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बेलायतको आत्मपरक मासिक प्रतिवेदनको नाममा हङकङ मामिलाविरुद्ध गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनले बेलायतलाई हङकङको आधारभूत तथ्यलाई सम्मान गर्न पनि भनेको छ ।

हङकङ बेलायती उपनिवेशबाट चीनमा फर्केको लगभग २७ वर्ष भएको छ । त्यसैले अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्मान गर्न सुझाइएको छ । आफ्नो प्रतिबद्धताबमोजिम ‘एक देश,दुई प्रणाली’ इमान्दारीपूर्वक अवलम्बन गरिएको चीनको दाबी छ ।

हङकङका बासिन्दाले कानूनबमोजिम उपभोग गरेका अधिकार र स्वतन्त्रताहरू थप सुरक्षित हुँदै गएकाले यसबाट उनीहरूको समृद्धि र सुरक्षाको भावनामा पनि बढोत्तरी आएको प्रवक्ताको भनाइ छ ।

अन्तर्राष्ट्रिय वित्तीय केन्द्र,ढुवानी एवम् व्यापारिक केन्द्रको रूपमा हङकङको अवस्था थप उज्जवल हुँदै गएको सिन्ह्वाको समाचारमा उल्लेख छ ।

टिप्पणीहरू