मेयरलाई चप्पल हान्न गइन् उपमेयर

मेयरलाई चप्पल हान्न गइन् उपमेयर

कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताले कपिलवस्तु नगरपालिकामा राम्रै आतंक मच्चाउन थालेकोवारे उनीसम्बध्द पार्टी जसपामै छलफल शुरु भएको  छ । श्रीमान सन्जय गुप्तामार्फत सन्चालित हुने सुनिताले नगरपालिकाका हरेक कार्यक्रम तथा विकासे काममा अवरोध गर्दै आएको कतिपय कर्मचारीको गुनासो सुनिन्छ । नगर कार्यपालिका बैठकमा श्रीमानलाई सल्लाहकार बनाएर बसाल्नेदेखि लिएर पूर्वाधार योजना अनुगमन अगावै ठेकेदारहरुसंग पेश्की रकम माग्ने गतिविधि हुने गरेको छ । उपमेयर श्रीमान सन्जयले कर्मचारीलाई बैठकमै दुर्व्यवहार गरेकै कारण सार्वजनिक मुद्धासमेत खेपेका थिए भने केही दिनदेखि नदीजन्य पदार्थ ठेक्कामा अनुगमनका नाममा विभिन्न अवरोध गर्दै आएका छन् । 

उपमेयरकै कारण तोकिएको समयसीमा सकिएको ५ महिनासम्म नगरसभा गर्न नसकेको पालिकाले मंगलबार नगरसभा गर्दा एकाएक आएकी उपमेयर सुनिता गुप्ताले नगर प्रमुख सुदिप पौडेलमाथि दुर्व्यवहारको प्रयास गरेकी थिइन् । आफूले सभा सन्चालन गर्नुपर्ने अधिकार रहेको भन्दै सल्लाह नगरी किन नगरसभा राखेको भनी नगर प्रमुख माथि झम्टिएको सभामा सहभागीहरुले बताए । पौष महिनामा नगरसभा सन्चालन गर्न उपमेयर नै बारम्बार बाधक बनेपछि बैशाख ४ गतेलाई सभा हुने मिति तय गरिएको थियो । सभा संचालनसँगै नगरका कामकारवाही, कार्यसम्पादनमा जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई दोषी करार गर्दै आएकी उपमेयर सुनिता गुप्ताले नगरसभामै मेयर सुदीप पौडेलमाथि दुर्व्यवहार प्रयास गरेकी हुन् ।

मेयर पौडेलले बसेकै चेम्बरबाट प्रतिवाद गरे । उपमेयर गुप्ता पोडियमबाट ओर्लिन्,मेयर पौडेलको नेमप्लेट फालिन् । आफूले लगाएको चप्पलले मेयर पौडेललाई हान्न प्रयास गर्न खोजिन र सभाबाट बाहिरिन् ।

कूल बजेट बाडफाडको ५० प्रतिशत नपाएको भन्दै तीब्र असन्तुष्ट रहेकी उपमेयर गुप्ताले सभाबाट बोल्दा नै आपत्तीजनक शब्द प्रयोग गर्दै आएकी थिइन् । आफूले प्रस्तुत गर्नुपर्ने बिधेयक,ऐनलगायतका बिषयवस्तु प्रस्तुत नगरी गुप्ता नगरका मेयर,प्रमुख प्रशासकीय अधिकृत,शाखा प्रमुखहरु लक्षित भभ्रष्टाचार आरोपका फेहरिस्त सुनाउन थालिन् । आफू लक्षित आरोपको मेयर पौडेलले बसेकै चेम्बरबाट प्रतिवाद गरे । उपमेयर गुप्ता पोडियमबाट ओर्लिन्,मेयर पौडेलको नेमप्लेट फालिन् । आफूले लगाएको चप्पलले मेयर पौडेललाई हान्न प्रयास गर्न खोजिमेयर पौडेलले बसेकै चेम्बरबाट प्रतिवाद गरे । उपमेयर गुप्ता पोडियमबाट ओर्लिन्,मेयर पौडेलको नेमप्लेट फालिन् । आफूले लगाएको चप्पलले लाई हान्न खोजिन् र सभाबाट बाहिरिइन् । सभामा उपस्थित सदस्यहरु आक्रोशित देखिए ।

लगत्तै आ-आफ्नो स्थानमा उभिएर उपमेयरबिरुद्ध नाराबाजी गरे । उपमेयरको यो कदम न्यायसंगत नभएको अधिकांश वडाध्यक्षहरुको भनाइ छ । मनपरितन्त्र गरेर नगरसभा नै बिथोल्ने नियतले हर्कत देखाएको उनीहरुले बताए । यता, उपमेयरको ब्यवहारका कारण न्यायिक समितिका सदस्यहरु वडाध्यक्षद्वय मोहनलाल शर्मा र रामगोपाल यादवले राजिनामा दिएका छन् ।

 

पाँच महिनादेखि उपमेयर बैठकमा अनुपस्थित रहने अनि छलफलमा नआउने गरेको मेयर पौडेल बताउँछन् । पुसमा गर्नुपर्ने नगरसभा बैशाखमा गर्नुपर्ने बाध्यताले नगरको गतिविधिमा प्रत्यक्ष असर परेको उनले बताए । नगरसभा जस्तो गरिमामय र संवेदनशील स्थानमा ब्यक्तिगत आक्रोश पोख्नु सिंगो नगरपालिकाको गरिमामा आँच आउने कार्य भएको उनले बताए । आजको १५ औं नगरसभाबाट उपप्रमुखविरुद्ध कानूनी उपचारमा जाने निर्णयसमेत भएको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू