झुलाघाट नाका आजदेखि बन्द

झुलाघाट नाका आजदेखि बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द गर्न लागिएको छ । भारतको उत्तराखण्ड राज्यमा आगामी शुक्रबार हुने लोकसभा निर्वाचनका कारण सीमानाका बन्द गर्न लागिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बैतडीका अनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका जोड्ने झुलाघाट, झोलुङ्गे पुलहरु आज साँझ ६ बजेदेखि बन्द हुनेछन् । 

वैशाख ७ गते मतदान प्रक्रिया सम्पन्न नभएसम्मका लागि नाका बन्द हुने जनाइएको छ । भारतको पिथौरागढ जिल्लाधिकारीबाट पत्राचार भएपछि नाका बन्द गराइएको हो ।

टिप्पणीहरू