मेलिना र छेवाङ ‘दी भ्वाइस किड्स’ को नयाँ कोच

मेलिना र छेवाङ ‘दी भ्वाइस किड्स’ को नयाँ कोच
सुन्नुहोस्

गायनसम्बन्धी टेलिभिजन रियालिटी शो ‘दी भ्वाइस किड्स– सिजन ३’ नयाँ कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन् । रियालिटी शोको निर्माण टिमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएको छ । मेलिना युवा पुुस्तामा निकै रुचाइएकी गायिका हुन् । 

फम्र्याट अनुसार शोमा चार जना कोच हुन्छन् । सिजन–२ को शोमा गायक प्रमोद खरेल, शुसान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी थिए । यो वर्ष विगतका कोचमध्ये गायक खरेलले मात्र निरन्तरता पाउने अनुमान गरिएको छ । नयाँमा छेवाङ लामा अनुबन्धित भइसकेको बताइन्छ । बाँकी एक जना कोचको जिम्मेवारी कसले सम्हाल्छ ? त्यो भने केही दिनमा निर्माण टिमले औपचारिक जानकारी दिन बताएको छ । 

यसमा ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाउँदै आएका छन् । यसको डिजिटल अडिसन भइरहेको बताइएको छ ।
 

टिप्पणीहरू