सौगात र सृष्टिको ‘ब्रेकअप’ पछि फेरि ‘लभ’

सौगात र सृष्टिको ‘ब्रेकअप’ पछि फेरि ‘लभ’
सुन्नुहोस्

चलचित्र ‘भाइरल गोर्खे’को शुटिङ सुरु भएको छ । चलचित्र निर्माण टिमले आज लमजुङको भुजुङमा शुभमुहूर्त गर्दै शुटिङ थालनी भएको बताएको छ ।

‘छड्के’ फेम्ड निगम श्रेष्ठको निर्देशनमा छायांकन हुन लागेको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङलगायतले मुख्य भूमिका निभाउँदैछन् । 

सौगात र सृष्टिले लामो समयको लिभिङ टुगेदरपछि गत वर्ष ब्रेकअप गरेका थिए । ब्रेकअपपछि उनीहरुले फेरि चलचत्रिमा रोमान्स गर्नुपर्ने भएको छ । सामान्य पात्रको हकमा प्रेममा रहँदाको केमेष्ट्री र ब्रेकअपपछिको केमेस्ट्रीबीच धेरै फरक देखिन्छ, जुन स्वभाविक पनि हो । तर सौगात र सृष्टि दुबै कलाकार भएकोले उक्त बीचमा दरार आएको सम्बन्धलाई कसरी एडजस्ट गर्छन् ? त्यो भने हेर्न बाँकी छ । 

उक्त चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेको बताइन्छ ।

टिप्पणीहरू