अपराध

२७ बर्षपछि समातिए कर्तव्य ज्यान मुद्दाका प्रतिवादी

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई प्रहरीले पक्राउ गरेको हो । २०५० सालमा सोही गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय राजधन राईको हत्या गरी फरार भएका राइलाई हत्या अभियोगमा जिल्ला अदालत भोजपुरले उनलाई तीन वर्ष कैद फैसला सुनाएको थियो । पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए पश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ …

Page 179 of 181