मन्त्रिपरिषद् पुनर्गठनको तयारी !

मन्त्रिपरिषद् पुनर्गठनको तयारी !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी गर्नुभएको छ । 

जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच यसबारे मोटामोटी सहमति भइसकेको र एकाध दिनमै ठोस निर्णय हुने बताइएको छ । 

बालुवाटार स्रोतले बताएअनुसार नाउपालाई एक मन्त्रालय र फुटेको जसपालाई कम्तिमा एउटा राज्यमन्त्री थपिदिने सहमति छ । फुटेको जसपाबाट अहिले नवलकिशोर साह वन तथा वातावरणमन्त्री छन् । 

उपेन्द्र यादवलाई हटाएर खालि हुने स्वास्थ्य मन्त्रालयमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठलाई लैजाने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ । त्यस्तै, नयाँ जसपाका अध्यक्ष अशोक राईले आफू र पत्नी सुशिला श्रेष्ठ मन्त्री नबन्ने खबर गरेकाले सो पार्टीबाट नवलकिशोरले नै निरन्तरता पाउने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू